काठमाडौं - माछापुच्छ्रे बैंकका ग्राहकले मी शाओमी र पोका बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामान शुन्य प्रतिशत इएमआइमा पाउने भएका छन ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंक र वास्तल इम्पेक्स प्रालि बीच बैंकको इन्स्टा पे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर भएको हो ।

सम्झौतापत्रमा वास्तल इम्पेक्स प्रालिको तर्फबाट निर्देशक नितेशकुमार मन्द्र तथा बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिग विनय रेग्मीले हस्ताक्षर गरेका हुन ।

अब बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शुन्य प्रतिशत इएमआइमा इन्स्टापेमार्फत १५ हजार रुपैया देखि मी शाओमी र पोको बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामान गरिद गर्न सक्नेछन । बैंकका ग्राहकरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकलाई आर्कषक सुविधा प्रदान गर्दै आएको पनि जनाएको छ ।