काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको कारडेड गाडी प्रदर्शन गरेर तर्साउने प्रयास गरे पनि कोही पनि नतर्सने बताएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आज आयोजित पत्रकारसँग अन्तरक्रियामा नेता नेपालले उक्त कुरा बताएका हुन् । रिङरोडमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने नेता नेपालको भनाई छ ।

सोमबार राति काठमाडौँको चक्रपथमा सेनाका गाडी घुमाइएको थियो । त्यसबारेमा नेता नेपालले भने, ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउने वाला छैन।’