रामकुमारी झाँक्री रिहा, भनिन् -‘प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’
खबर एक्सप्रेस
२०७७-१०-२९ ०९:३६ मा प्रकाशित
Total Shares: 406
काठमाडौं - नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।
बिहीबार दिउँसो आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । श्रीमान पशुपति पुरीको जिम्मा जमानीमा उनी रिहा भएकी हुन् । रिहा भएलगत्तै झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेको प्रतिक्रिया दिएकी छिन् । साथै उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइने बताएकी छन् ।
राष्ट्रपतिमाथि विवादास्पद अभिव्यक्ति दिएकी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस