आज बढ्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७७-१२-१२ ११:२९ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस