काठमाडौंमा थपियो निषेधाज्ञा, थप कडाइ गरिने
काठमाडौं - उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ ।
यस अवधिमा सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन ।
त्यस्तै खुला स्थानमा भेला, भीडभाड गर्न, सभा, जुलुस, महोत्सव, भोजभतेरलाई पनि निषेध गरिएको छ ।
पुजारीबाट हुने नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने भनिएको छ ।
कोरोना संक्रमण दर बढ्दै गएकाले निषेधित कार्यहरूमा थप कडाइ गरिने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस