यी सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिइने
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने भएको छ ।
मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
'साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, विभिन्न कारणले श्रम स्वीकृति अवधि समाप्त भइसकेका र समयमै नविकरण गर्न नसकेका श्रमिकहरूका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको छ, जसले गर्दा उनीहरूलाई रोजगारीमा फर्किन सहज हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले यो निर्णय वैदेशिक रोजगार विभाग तथा सम्बन्धित निकायहरूको सिफारिसका आधारमा गरिएको स्पष्ट पारेको छ। पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम स्वीकृति लगायतका कार्य रोकिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस