आज मेघगर्जनसहित वर्षा हुने
खबर एक्सप्रेस
२०७६-१२-२८ ०९:२३ मा प्रकाशित
Total Shares: 2261
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका पश्चिमी भू-भाग तथा पहाडी भू-भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस