कति छ आज सुनचाँदीको मूल्य ?
खबर एक्सप्रेस
२०७८-०३-०२ १२:१३ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा एक सय रुपैंयाँ घट्दै ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस