काठमाडौं - काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गम्भिर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

गोरखा घर भइ धुम्बाराही बस्दै आएकी मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेको आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्र तनावग्रस्त भएको छ ।