काठमाडौं - सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमालेका नेताहरु आक्रोशित भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका हुन् । 

बस्नेतको फेसबुक स्टाटस:-

लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरता मा सपोर्ट पुग्दा राम्रै हो। बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो। तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी धोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम २० प्रतिशत थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। चालु संसदको अधिबेशन हठात अन्त्य गरेर । हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत  गर्दैछन्। जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ। स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिबद गर्दछौ। यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने ।यसै सन्दर्भमा आज साँझ ५ बजे राष्ट्रीय युवा संघ नेपालले बाबेश्वोरमा गर्ने बिरोध कार्यक्रममा सहभागी बनौं।