काठमाडौं-आज पनि सुनको मूल्यमा पहिरो गएको छ। 

सुनको मूल्य आज तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो। 

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ। 

मंगलबार चाँदीको मूल्य चार हजार ७६५ थियो । गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो। 

यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।  सुनको भाउ आजसहित ५ दिनमा २४ हजार ८ सय रुपैयाँ घटिसकेको छ। 

महासंघका अनुसार हालसम्म नेपाली बजारमा सुनको सबैभन्दा उच्च मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदीको उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ।

गएको माघ १५ गते  सुनको मूल्य तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

यस्तै चाँदीको मूल्य पनि तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्यमा दैनिक उतारचढाव भइरहन्छ।