नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश वितरणको प्रस्ताव पारित
काठमाडौं-नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ। बैंकको बैंकको आज भएको ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो।
साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ। दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन्।
बैंकले गत आवमा बैंकले रु छ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा रु तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकको चुक्ता पूँजी रु १९ अर्ब तीन करोड पुगेको छ। बैंकले अघिल्लो वर्ष एक सय ७९ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेकोमा गत वर्ष एक सय ८६ अर्ब ७६ करोड सङ्कलन गरेको छ।
साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष रु एक सय ६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा रु एक ६४ अर्ब ८२ करोड पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस