होफेनहाइमसँग रोकियो बायर्न
खबर एक्सप्रेस
२०७८-११-२९ ०९:१५ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्षस्थानको बायर्न म्युनिख होफेनहाइमसंग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।
घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।
बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस