आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-१२-१५ ०८:५२ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-समाजवादी मोर्चा, नेपालको बैठक आज बस्दै छ । बैठक केही समयपछि नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा गर्दै आगामी रणनीति बनाउने नेताहरूले बताएका छन् ।
बैठकमा शुक्रबार राजावादीको प्रदर्शन र त्यसको असरमा पनि छलफल हुने बताइएको छ । राजावादीले नेकपा एसको कार्यालयमा पनि तोडफोड गरेका थिए ।
संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
फेसबुक पेज Like गर्नुहोस