काठमाडौं - नेपालमा अवैध गतिविधिमा संलग्न भएकोे आरोपमा पक्राउ परेका १२२ चिनियाँ नागरिक एक हजार धरौटीमा रिहा भएका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर छाड्न आदेश दिएको हो । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत ७ पुसमा उनीहरुलाई पक्राउ गरेको थियो ।

चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौँ प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले बुढानिलकण्ठ, नेपालटारलगायत क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।