पार्टी फुट्न नदिन ओलीले बढाए केन्द्रीय सदस्यको संख्या
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण बुझाएको छ ।
एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेका हुन् ।
२०३ जनाको केन्द्रीय सदस्यको संख्या बढाएर २६० पुर्याउने निर्णयसहितको पत्र आयोगमा पठाइएको एक शिर्ष नेताले जानकारी दिए । ती नेताका अनुसार आयोगमा बुझाइएको विवरणमा नेपाल पक्षका सबै नेताहरुको नाम छ भने प्रकाश ज्वालाको नाम काटिएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश ल्याएपछि एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस