पूर्वरानी कोमलको स्वास्थ्य अवस्था थप बिग्रियो, प्लाज्मा थेरापीबाट उपचार सुरु
काठमाडौं - कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
आईसीयू वार्ड उपचार भैरहेको शाहको स्वास्थ्य अवस्था थप बिग्रिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि बिहिबार मात्र आईसीयू वार्डमा सारिएको थियो ।
आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।
यस्तै, अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई अहिले अक्सिजनको सर्पाटमा उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।
वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस