सत्तारुढ गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिँदै
खबर एक्सप्रेस
२०७८-०४-२४ ०९:३५ मा प्रकाशित
Total Shares: 302
काठमाडौं - सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको थियो। आज अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने तयारी छ ।
कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस