राष्ट्रपति भण्डारीद्वारा दुई देशका लागि आवासीय राजदूत नियुक्त
खबर एक्सप्रेस
२०७९-०३-२७ ०४:२० मा प्रकाशित
Total Shares: 366
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालका लागि अष्ट्रिया र इजिप्टमा राजदूत नियुक्त गरेकी हुन्।
गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत रहने गरी भरतकुमार रेग्मी नियुक्त भएका छन्।
यस्तै, इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशिलकुमार लम्साललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस