विराट जुटमिलको पर्खालले किच्दा एक महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-०८ ०३:४२ मा प्रकाशित
Total Shares: 302
काठमाडाैं, विराटनगर - मोरङमा पर्खालले किच्दा एक महिलाको मृत्यु भएको छ । विराटनगर– १५ रानी एरियामा बस्ने ५५ वर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको हो ।
आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागि जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको विराट जुटमिलको पर्खाल भत्किएर समिरुलाई किच्दा उनि गम्भीर घाइते भएकी थिइन् ।
घाइते समिरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस