प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
खबर एक्सप्रेस
२०८१-०४-०९ ०४:१८ मा प्रकाशित
Total Shares: 66
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको थियो।
दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो।सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेको बताईएको छ ।बैठकले छानबिन समिति बनाउने सम्भावना छ। विमानमा चालक दलका सदस्यसहित १९ जना थिए।यसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस