सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि
खबर एक्सप्रेस
२०७८-०३-३० ०४:५६ मा प्रकाशित
Total Shares: 445
काठमाडौं - सरकारले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।
गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय बैठकले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिको आधारमा भाडा बढाएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत बढाइएको छ ।
र, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढेको विभागले जनाएकाे छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस