प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी
काठमाडौं, दाङ - प्रदेश ५ सरकारले दाङ, कपिलवस्तु र अर्घाखाँचीको सीमा क्षेत्र भालुवाङमा प्रदेशकाे स्थायी राजधानी बनाउने निर्णय गरेको छ । प्रदेश ५ सरकारले प्रदेशकाे नाम लुम्बीनी राख्ने निर्णय समेत गरेकाे छ ।
प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई मुख्य केन्द्र मानेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव प्रदेशसभामा पेस गरेका छन्।
आजै सत्तारुढ नेकपाको शीर्ष तहमा भालुवाङमा प्रदेश राजधानी बनाउने सहमति गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश पाँचको राजधानी दाङ तोक्ने सहमति भएको थियाे।

.gif)




फेसबुक पेज Like गर्नुहोस