उपत्यकामा थपिए १ हजार २६३ संक्रमित
खबर एक्सप्रेस
२०७८-०२-१७ ०६:०६ मा प्रकाशित
Total Shares: 412
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, आज थप ६ हजार ४९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस