काठमाडौं - रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।  

आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। तर, मुद्धाको पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको हाे । 

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम बिस्फोट हुँदा  घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थियाे । त्यसपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।