थप २ हजार ७४५ लाई कोरोना संक्रमण, ४ हजार १८७ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०३-०१ ०५:२७ मा प्रकाशित
Total Shares: 410
काठमाडौं - मंगलबार थप २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएको थियो भने ५८४१ को एन्टिजेन परीक्षण गरिएकोमा १०६४ मा पोजेटिभ देखिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५०६ जनाको मृत्यु भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस