त्रिविद्वारा सबै पठनपाठन तथा परीक्षा स्थगित
खबर एक्सप्रेस
२०७६-१२-०६ ०१:५३ मा प्रकाशित
Total Shares: 841
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि चैत मसान्तसम्मका लागि सबै पठन पाठन तथा परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले चैत मसान्तसम्मका पठन पाठन तथा सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।
यसअघि सरकारले कोरोना भाइरस संक्रमण फैलिन सबै शिक्षण संस्थाहरू बन्द गर्ने तथा आजदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

फेसबुक पेज Like गर्नुहोस