काठमाडौं - सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट बढाएको हो । चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

.gif)



