पार्टी आधिकारिकता दाबी गर्न प्रधानमन्त्री ओली आयोग जाँदै
खबर एक्सप्रेस
२०७७-१०-२७ १०:१२ मा प्रकाशित
Total Shares: 335
काठमाडौं - नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी आधिकारिता दाबी गर्न आज निर्वाचन आयोग जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले ११ बजे आधिकारिता दाबी गर्न आयोगको कार्यालय कान्तिपथ जान लागेका हुन् ।
यसअघि प्रचण्ड–माधव नेपाल समूहले आयोगमा पुगेर आधिकारिता दाबी गरेका थिए। आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न दुवै पक्षलाई माघ १६ मा दुवै पक्षलाई बोलाएका थियो।तर सो छलफलमा पनि ओली पक्षले सहभागीता जनाएको थिएन ।
आज प्रधानमन्त्री ओली आयोगमा गई आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गर्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस