एक महिनाको घरभाडा नलिन घरधनीलाई सरकारको आग्रह
काठमाडौं - सरकारले घरधनीलाई भाडावालामा बस्नेकाे एक महिनाको भाडा मिनाहा गर्न भनेको छ ।
आइतबार साँझ बसेको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रमा रहेका असंगठित श्रमिकले भुक्तानी गर्नुपर्ने एक महिनाको घरभाडा सम्बन्धित घरधनीलाई मिनाहा गर्न आग्रह गरेको हो ।
घरभाडा छुट दिएको खण्डमा उक्त घरको घरबहाल कर नलिने व्यवस्था गर्ने निर्णय भएको छ ।
आइतबार नै सरकारले राहत प्याकेज घोषणा गर्दै विद्युत, खाद्यान्न, स्वास्थ्य उपचारलगायत विषयमा विशेष छुट दिने भएको छ । सरकारले एक सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई दुई महिना (फागुन र चैत) को विद्युत महसुलमा २५ प्रतिशत छुट दिने, खाद्य संस्थानले बेच्ने दाल चामललगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।
फेसबुक पेज Like गर्नुहोस