गिरफ्तारमा परेकी झाँक्री भन्छिन्ः साथीहरु धैर्य गर्नुहोला, यो अन्तिम लडाई हो
काठमाडौं - गिरफ्तारमा परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएको बताएकी छिन् । बिहीबार अपरान्ह प्रहरीले निजी निवाु शंखमुलबाट गिरफ्तार गरेकी झाँक्रीले आफ्ना सार्थकहरुलाई धैर्य गर्न भन्दौ यो अन्तिम लडाई भएको बताएकी हुन् ।
झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ पुर्जी दिएपछि उनले घरैबाट गिरफ्तारी दिएकी थिइन् । हाल उनलाई अपराध अनुसन्धान विभाग मिनभवनमा राखिएको छ । उनले यसबारेमा सामाजिक संजालमा पोस्ट गर्दै भनेकी छिन्, ‘राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।’
झाँक्रीलाई प्रहरीले पक्राउ गर्न जाँदा उनका समर्थकहरुले प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो । उनका समर्थकहरुले अहिले पनि बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नेकपाको प्रचण्ड–नेपाल तथा नेपाली कांग्रेसका नेताहरुले पनि झाँक्रीको गिरफ्तारीको विरोध गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस