बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड, प्रहरीद्वारा आश्रुग्यास प्रहार
खबर एक्सप्रेस
२०७९-०२-२५ ०३:५८ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि दुई सेल अश्रु ग्यास प्रहार गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस