मिश्र र शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे ‘अल्टिमेटम’
खबर एक्सप्रेस
२०८१-१२-१५ ०७:४४ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई रिहा गर्न सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीसँग बोल्दै मिश्र र राणालाई २४ घण्टाभित्र रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
राप्रपाले सरकारको कदमविरुद्ध कडा रणनीति बनाउने र शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
अध्यक्ष लिङ्देनले तीनकुने प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोपसमेत लगाए।

.gif)



फेसबुक पेज Like गर्नुहोस