असन्तोषलाई निराशा र कुण्ठामा होइन, संकल्प र सिर्जनामा बदलौँ : शंकर पोखरेल
खबर एक्सप्रेस
२०८१-१२-२९ १०:५७ मा प्रकाशित
Total Shares: 58
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा पुर्याउने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले निराशा र कुण्ठाले समृद्धिको यात्रामा बाधा मात्र नभएर समाजलाई समेत पछाडि धकेल्ने बताए ।यस कारण समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा नभइ संकल्प र सिर्जनामा बदल्ने प्रयास गर्न महासचिव पोखरेलको भनाइ छ।
‘निराशा र कुण्ठाले समाजलाई पछाडि धकेल्दछ र समृद्धिको यात्रामा वाधा पुर्याउँछ। तसर्थ समाजमा उत्पन्न असन्तोषलाई निराशा र कुण्ठामा होइन संकल्प र सिर्जनामा बदल्ने प्रयास गरौँ,’ उनले लेखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस