काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर तीन हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै देशभर जम्मा संक्रमितको संख्या सात लाख ४६ हजार ६५७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना  छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।