काठमाडौं - धौलागिरी हिमालमा १५ वर्षअघि दुर्घटनामा परेको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।
नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्न निस्केको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव फेला पारेको हो। ती शवको पहिचान भने भैसकेको छैन।

.gif)



