हर्क साम्पाङ काठमाडौंमा
खबर एक्सप्रेस
२०८२-०५-१६ ०४:४४ मा प्रकाशित
Total Shares: 74
काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमवार काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका छन्।
त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन्।
उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन्। उनी मोटरसाइल र्यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन्। त्यहाँबाट उनले भेटघाट तथा संगठन विस्तार गर्ने कार्यक्रम छ ।
‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद !’ उनले फेसबुकमा लेखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस