पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 36
पर्वत - गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन् ।
जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ताका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार घटनामा उनीहरूकी ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् ।
रातिको घटना भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको बताइएको छ । प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको बताइएको छ ।
स्थानीयवासी र जनप्रतिनिधिले घटनास्थलमा पुगेर बेपत्ता दम्पतीको खोजी कार्य सुरु गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस