त्रिशुलीमा ट्याक्सी दुर्घटना, पाँच जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-१२-१७ ०९:१८ मा प्रकाशित
Total Shares: 124
काठमाडौं - त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।
ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस