कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन्।
मन्त्री ढकालले नयाँ वर्षको उपलक्ष्यमा सोमबार शुभकामना दिनुहुँदै कोरोना नियन्त्रणका लागि ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको जानकारी दिए।
उनका अनुसार विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरूको ट्राभल हिस्ट्रीसहित अनिवार्य क्वारेन्टाइनमा राख्ने, उनीहरूको नमुना परीक्षण गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षणको दायरामा ल्याइने छ ।
त्यसैगरी सम्भावित सङ्क्रमित आवतजावत भएको स्थानको यकिन गरी आइसोलेसनमा राख्ने र अनुगमन गरिने छ । त्यस्तै, सङ्क्रमितको उपचार गर्ने र कोरोना सङ्क्रमणको सम्भावित महामारी रोक्न सबै क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने रणनीति लिइएको मन्त्री ढकालले जानकारी दिए।
वर्तमान चुनौतीको सामना सबै एकजुट भएर मात्र गर्न सकिने बताउँदै उहाँले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गरे।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस