अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा
काठमाडौं - अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न तथा अवैध गतिविधिहरूलाई आर्थिक सहायता पु¥याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले अमेरिकाले यो कारबाही गरेको जनाएको छ।
नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ। अमेरिकाले ती सबैले इरानलाई विद्यमान अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न तथा अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप लगाएको छ।
यसको प्रभाव विश्वव्यापी तेल बजारमा समेत देखिन सक्ने विश्लेषण गरिएको छ। यो प्रतिबन्ध अमेरिकी कोष विभागअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले घोषणा गरेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस