काठमाडौं - सरकारले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले साक्षर जिल्ला घोषणा गर्न बाँकी २४ जिल्लामा साक्षरता कार्यक्रम सञ्‍चालन गरिने र आगामी वर्ष साक्षर नेपाल घोषण गरिने बताए ।

उनले गुणस्तरीय र सेवा उपयोगी शिक्षा अवलम्बन गरिने बताए ।  आगामी वर्ष माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने उनले बताए । दिवा खाजा कार्यक्रम देशभर लागू गरिने र त्यसबाट २८ लाख बालबालिका लाभान्वित हुने बताए ।

त्यस्तै सरकारले विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। माध्यामिक तहसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी यो बजेट विनियोजन भएको छ। 

सरकारले २६ लाख विद्यार्थीलाई यो रकम उपलब्ध गराइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका हुन्।त्यस्तै सरकारले ४३ विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम देशभर सञ्चालन गर्ने भएको छ।

त्यसको लागि ७ अर्ब ५२ करोड विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्। दिवा खाजा कार्यक्रमबाट २८ लाख बालकालिका लाभान्वित हुने र यसलाई उच्च प्राथमिकता दिइएको बताए। त्यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। स्कुल सुधार, शैक्षिक पूर्वाधारको कार्यक्रम गरिने भएको छ। त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ।

भर्चुअल कक्षा सञ्चालन गरिने, मनोसामाजिक असर हटाउन सृजनशील कार्यक्रम सञ्चालन गरिने र १ हजार ८ सय स्कुल भवन बनाइने भएको छ।

छात्रवृत्ति कार्यक्रममा २६ लाख विद्यार्थी लाभान्वित हुने भन्दै सरकारले २ अर्ब ७० करोड रुपैयाँ छात्रवृत्तिको लागि विनियोजन गरिएको उनले बताए।