नेकपाको बैंक खाता रोक्का
खबर एक्सप्रेस
२०७७-०९-१६ ११:२८ मा प्रकाशित
Total Shares: 308
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैंक खाता रोक्का हुने भएको छ । अब नेकपाले बैंकको खाता सञ्चालन गर्न पाउने छैनन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले तत्कालका लागि बैंकका खाता रोक्का गर्नुपर्ने भन्दै बैंकहरुलाई पत्राचार गरेका थिए ।
कानुनी रुपमा फुट्न बाँकी रहेको तर औपचारिक घोषणा हुन बाँकी नेपाल कम्युनिस्ट पार्टीको बैंक खाता हालका लागि रोक्का हुने भएको हो ।
राष्ट्र बैंकका एक अधिकारीका अनुसार निर्वाचन आयोगले निर्णय नगरेसम्मका लागि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको समुह तथा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले कुनै पनि बैंकमा रहेका खाता सञ्चालन गर्न पाउने छैनन् ।
फेसबुक पेज Like गर्नुहोस