काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्दाको पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको बताइएको छ ।

बालुवाटार जग्गा प्रकरणमा वरिष्ठ नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको आरोप लगाइरहेका छन् भने नेता नेपालले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएका छन् । त्यस जग्गा प्रकरणमा यसभन्दा अगाडि अन्य नेताहरु पनि तानिएका थिए ।