काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ नकआउटको दोस्रो खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।

ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा ब्राजिलले जापानविरुद्ध २ गोल निकाल्यो । जसको फलस्वरूप जापान नकआउट चरणबाट अगाडि बढ्न सकेन।

खेलको २९ औं मिनेटमा जापानको लागि काइशु सानोले गोल गरे। जापानको लागि सानोको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो। पहिलो हाफमा ब्राजिल विरुद्ध जापान हाबी देखिन्थ्यो। त्यसको ठिक विपरीत दोस्रो हाफमा ब्राजिलले जापान माथि दबदबा बनाइराख्यो।