काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कार्तिक १२ गते शपथ लिने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते हुने भएको छ । 

नेपाली कांग्रेसका अनुसार १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले कार्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा सपथ लिनेछन् । 

नवनिर्वाचित सभापति गगन कुमार थापाले भने यसअघि यसअघि असोज ३१ गते  शपथ लिइसकेका छन्।

केन्द्रीय कार्यालयले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको छ ।

महाधिवेशनबाट कांग्रेसको वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा,उपसभापतिमा डा.चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल, समावेश उपसभापतिमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी महामन्त्री प्रदीप पौडेल र उदय शमशेर राणा, डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरी खतिवडा, अजयबाबु शिवाकोटी, फिर्दोश आलम, प्रकाश रसाइली, बहादुर सिंह लामा (तामाङ), जीवनबहादुर शाही, अजय कुमार चौरसिया, मनोज मणि आचार्य, योगेन्द्र चौधरी, आङगेलु शेर्पा विजयी भएका छन्। 

नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।