काठमाडौं-बैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म ६ घण्टाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द हुने भएको छ। 

विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गर्दै उडान र अवतरण सेवा बन्द हुनेबारे जानकारी दिएको हो। 

यात्रुहरुको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यका साग विद्युत आपूर्तिलाई थप सुधार गर्नका लागि अनलाईन यूपीएस जडान गर्ने भएकाले उक्त अवधिमा उडान र अवतरण बन्द हुने प्राधिकरणले जानकारी दिएको छ। 

आन्तरिक र बाह्य दुवै उडान र अवतरण बन्द हुने भन्दै प्राधिकरणले उक्त समयमा यात्रा गर्ने यात्रुहरुलाई सम्बन्धित एअरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ।