बेलायती राजकुमारको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा समवेदना
खबर एक्सप्रेस
२०७७-१२-२८ ०५:४३ मा प्रकाशित
Total Shares: 384
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकोमा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकी छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेका छन् ।
सन्देशमा उनले राजकुमार फिलिपले मानवताको लागि गरेको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस