काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले अब सेवाग्राहीको गुनासो सम्बोधन हुने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले सम्हालेको मन्त्रालयअन्तर्गतका विभाग आयोजनाहरुमा सेवाग्राहीलाई दुख दिए सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइएको बताएका हुन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजन तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीलाई उजुरी गर्न अनुरोध गरे ।

मन्त्रालयपिच्छे फरकफरक नम्बरहरु राखिएको छ । कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यमहरू प्रयोग गरी जानकारी दिन सकिने उनले बताए ।

यसअघि अर्थ मन्त्रालयले पनि सेवाग्राहीको गुनासो सम्बोधन गर्ने लाई दुख दिए उजुरी गर्न भनिसकेको छ ।