सिरहा - मधेश आन्दोलनपश्चात एमालेको जनाधार कमजोर हुँदै गइरहेको अवस्थामा पनि नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व मधेश इञ्चार्ज रघुवीर महासेठले संगठनलाई पुनः एकताबद्ध गर्दै मधेशमा पार्टीको पुनरुत्थान गराउन निर्णायक भूमिका निर्वाह गर्नुभयो। उहाँकै दूरदृष्टि र सशक्त नेतृत्वका कारण मधेशमा २०७९ सालको निर्वाचनमा एमालेले उल्लेखनीय सफलता प्राप्त गर्न सक्यो।

तर अहिले एमाले सिरहा जिल्ला अधिवेशनमा महासेठलाई निमन्त्रणा नगरिएको घटनाले पार्टीभित्रै गम्भीर असन्तोष फैलिएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेको उक्त अधिवेशनमा महासेठजस्तो नेता बहिष्कृत हुनु विडम्बनापूर्ण भएको कार्यकर्ताहरू बताउँछन्।

महासेठज्यूको योगदान बिर्सनु मतलब मधेशको सम्मान र पार्टी संगठनप्रतिको निष्ठालाई कमजोर बनाउनु हो। उहाँ बिना एमाले मधेशमा सशक्त हुँदैन।” भन्ने सिरहाको एमाले नेता कार्यकर्ताको भनाइ छ ।

महासेठले नेतृत्व गरेको समयमा मधेशका गाउँदेखि शहरसम्म पार्टीको संगठन मजबुत भएको थियो जनताको बीचमा एमालेको पहुँच बढेको थियो  र अन्य पार्टीमा गएका पूर्व एमाले नेता कार्यकर्ताहरू पुनः फर्कन थालेको ठोस तथ्य भएको एमाले नेता कार्यकर्ताहरु बताउछन् ।

महासेठको योगदान अविस्मरणीय छ

रघुवीर महासेठ मधेशका नेता मात्र होइनन्, उहाँ पार्टीलाई संकटको समयमा सम्हाल्न सक्ने कुशल रणनीतिकार हुनुहुन्छ। पार्टीभित्र उहाँको योगदानप्रति सम्मानजनक व्यवहार नदेखिएकोमा धेरै नेता तथा कार्यकर्ताहरू चिन्तित छन्।

पार्टी नेतृत्वले यथाशिघ्र यस्तो खालको गुटीय प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग कार्यकर्ताहरूको छ। एमाले एकताको पक्षधर महासेठलाई पन्छ्याउने कुनै पनि प्रयास पार्टी हितविपरीत हुने र आगामी निर्वाचनमा त्यसको असर पर्ने निश्चित देखिन्छ ।